२९ बैशाख २०८२, सोमबार

देशमा पश्चिमी वायुको आंशिक प्रभाव: यी क्षेत्रमा आज हिमपातको सम्भावना
  • न्युज मानसराेवर

बाँके\हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी  र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 

  • १६ मंसिर २०८०, शनिबार प्रकाशित

  • Nabintech