८ बैशाख २०८२, सोमबार

राम–जानकीले लियो शाहीलाई कक्षा १२ सम्म पढाउने जिम्मेवारी
  • न्युज मानसराेवर

बाँके\बाँकेको कोहलपुर नगरपालिकामा रहेको राम–जानकी माध्यमिक विद्यालयले भूकम्पपीडित बालबालिकाका लागि निःशुल्क छात्रवृत्ति व्यवस्था गरेको छ। भूकम्पमा परी आमा गुमाएकी स्मारिका शाहीलाई कक्षा १२ सम्म निःशुल्क पढाउने जिम्मेवारी विद्यालयले लिएको विद्यालयका निर्देशक दिनेश सिग्देलले जानकारी गराएका छन।

भूकम्पबाट धेरै बालबालिकाले अभिभावक गुमाएका कारण त्यसको असर बालबालिकामा नपरोस् भनेर विद्यालयका तर्फबाट थोरै भए पनि सहयोग गर्न खोजेका छौँ  निर्देशक सिग्देलले भनेका छन।  स्मारिकाका लागि शैक्षिक सामग्री समेत  विद्यालयले उपलब्ध गराउने छ ।  जाजरकोट भेरी नगरपालिकामा विद्यालय शिक्षक रहनुभएकी स्मारिकाकी आमा शोभा शाहको भूकम्पमा परी निधन भएको थियो ।

  • २० मंसिर २०८०, बुधबार प्रकाशित

  • Nabintech