२९ बैशाख २०८२, सोमबार

लक्ष्य सहकारी संस्थाले सम्पन्न गर्यो आफ्नो ५ औँ बार्षिक साधारण सभा
  • न्युज मानसराेवर

कोहलपुर\ लक्ष्य बहुउदेश्य सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न गरिएको छ । बाँकेको कोहलपुरमा संस्थाले आफ्नो ५ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो । संस्थाको हाल सम्मको कूल कारोबार २ करोड बराबार रहेको छ ।

भने संस्थाको शेयर पुँजी कूल ३६ लाख ५० हजार रहेको छ । त्यसै गरी संस्थाको कूल बचत १ करोड ८ लाख ३८ हजार ४ सय ६० रुपैया रहेको संस्थाका कोषाअध्यक्ष राधिका तिवारीले जानकारी गराईन। त्यसै गरी संस्थाले हाल सम्म १ करोड ३७ लाख ५० हजार रहेको तिवारीले बताईन।

कार्यक्रममा प्रमुख अथिति समाजवेवी तथा अधिवक्ता नरेन्द्र न्यौपानेले साना किसानहरुको उत्पादन र उत्पादित बस्तुको बजारीकरण गर्न आवश्यक रहेको बताए ।उनले सहकारीहरुले समाजको रुपान्तरण गरीरहेको समेत औल्याए ।

उनले समाजमा रहेका साना किसान तथा व्यापारीहरुका निम्ति सहकारी एउटा जीवन उपयोगी साथीका रुपमा स्थापित बनेको बताएका थिए । संसाथको साधारण सभामा स्थानीय पत्रकार शेयर सदस्य लगाएतको सहभागिता रहेको थियो । संस्थाले विभिन्न शिर्षकहरुमा उत्कृष्टहरुलाई सम्मान समेत गरेको छ ।  संस्थाको ५ औँ बार्षिक साधारण सभाको अध्यक्ष पुष्प राज हमालको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

  • २९ मंसिर २०८०, शुक्रबार प्रकाशित

  • Nabintech