बाँके\नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।
शुक्रबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो।
इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको निगमले जनाएको छ।
खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ।