११ मंसिर २०८१, मंगलवार

प्रदेशका मुख्यमन्त्रीहरूले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र
  • न्युज मानसराेवर

बाँके\प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संघीयता कार्यान्वयनमा गम्भीर बन्न आग्रह गरेका छन्।
उनीहरूले प्रदेशको अधिकार सूचीका विषयहरु हस्तान्तरण गर्न आग्रह गरेका हुन् ।

बिहीबार र शुक्रबार बागमती प्रदेशका राजधानी हेटौँडामा भेला भएर संघीयता कार्यान्वयनमा संघ सरकार गम्भीर नबनेको निष्कर्ष निकालेका उनीहरू शनिबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीलार्य भेटेका हुन्।

भेटमा सुदूरपश्चिम बाहेक अन्य ६ प्रदेशका मुख्यमन्त्री सहभागी थिए।

मुख्यमन्त्रीको ध्यानाकर्षणपछि प्रधानमन्त्री प्रचण्डले आफू संघीयताको पक्षमा रहेकोे बताउँदै प्रदशका माग सम्बोधन गर्ने आश्वासन दिए।

  • १४ पुष २०८०, शनिबार प्रकाशित

  • Nabintech