बाँके\सशस्त्र प्रहरी बलमा विभिन्न पदमा भर्ना खुलेको छ। सशस्त्र प्रहरीले बलले आज जारी गरेको सूचनाअनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि परिचरसम्म विभिन्न पदमा २८८ जनाका लागि नयाँ भर्ना खुलेको हो। शस्त्र प्रहरीले इन्सपेक्टर ९९ जना माग गरेको छ। यस्तै, सहायक निरीक्षक (असई) ९८ जना, परिचर (भान्से) ६५ जना माग गरेको छ।
यस्तै, कुचिकार १० जना, सूचिकार ४ जना, केशकर्तक ४ जना, चर्मकर्मी ५ जना र माली ३ जना माग गरेको छ। इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ २१ भित्र आवेदन दिन सक्नेछन्। यस्तै, दोब्बर दस्तुर बुझाएर माघ २८ गतेसम्म आवेदन दिन सकिनेछ।










