१९ भाद्र २०८३, शुक्रबार

नेपाल–भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न
  • न्युज मानसराेवर

बाँके\नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरुको संयुक्त बैठक भारतको बहराइचमा सम्पन्न भएको छ । बाँके र बर्दियासँग सीमाना जोडिएको भारतको बहराइच जिल्लाको नानपारामा शनिबार एकदिने संयुक्त बैठक सम्पन्न भएको हो ।

बाँके र बर्दिया जिल्लासँग सीमाना जोडिएको भारतको बहराइच जिल्लाका डिष्ट्रिक मजिष्ट्रेट ९डिएम० मोनिका रानीको निमन्त्रणामा बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुखहरुसँग शनिबार एकदिन भारतको नानपारामा संयुक्त काउन्टर पार्टस् बैठक सम्पन्न भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिएका छन।

  • ६ माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech