७ मंसिर २०८१, शुक्रबार

मानव वन्यजन्तु द्धन्द्ध व्यवस्थापनकालागि समुदायलाई आयआर्जनमा जोडनुपर्ने : मन्त्रि केसि

नदि दोहनले सिमसार क्षेत्र र सिमसारमा वस्ने वन्य जन्तु संकटमा

  • प्रमोद रिजाल

कुसुम,बाँके: लुम्विनी प्रदेशका शहरी विकास मन्त्रि कृष्ण केसि ‘नमुना’ले मानव तथा वन्यजन्तु विचको द्धन्द्ध व्यबस्थापन गर्नका लागि मध्यवर्ति क्षेत्रका समुदायलाई आर्थिकोपाजर्नन संग जोडनुपर्ने धारणा ब्यक्त गरेकि छिन ।

‘‘विश्व सिमसार दिवस’का अवसरमा बाँके राष्ट्रिय निकुञ्जले आज शुक्रबार बाँकेको बैरेनी कुसुममा आयोजित एक कार्यक्रममा माननिय मन्त्रि  ‘नमुना’ले उक्त कुरा वताएकी हुन । ‘सिमसारः मानव हितको आधार’ भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी समेत रहेकी  माननिय मन्त्रि केसिले मध्यवर्ती क्षेका समुदाय जनचेतनाका हिसावले समेत पछि परेको भन्दै निकुञ्जले सो क्षेत्रका जनतालाई सचेतनामुलक कार्यक्रमका अलावा आयआर्जनमा समेत जोडनु पर्ने धारणा राखेकि हुन ।

उनले निकुञ्ज क्षेत्रका जनावर समुदायले आफनो क्षेत्रका गहना हुन भन्ने भन्ने कुरा जव सम्म बुझदैनन तवसम्म मानव र वन्यजन्तु विचको द्धन्द्ध कायम रहने भन्दै माननिय मन्त्रि केसिले यस वर्षको दिवसको नाराले सिमसार क्षेत्र र मानव जीवनबीचको अन्तरसम्बन्धलाई पहिचान दिलाएको वताईन ।

नदिजन्य क्षेत्रको दोहनले सिमसार क्षेत्र समेत संकटमा परेको छ, जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नाका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ तसर्थ सवैको सहकार्यमा सिमसार क्षेत्रलाई संरक्षण गर्नुपर्ने बताईन ।

निकुञ्जले प्रस्तावना ल्याई आएमा लुम्विनी प्रदेश सरकारले मानव र वन्यजन्तु दुवैलाई फाईदा पुग्ने कार्यक्रम लागु गर्न नितिगतरुपमा निर्णय गर्न सक्ने उल्लेख गरेकी शहरी विकास मन्त्रि केसिले निकुञ्ज क्षेमा पर्यापर्यटनका संभावनाहरुलाई भरपुर उपयोग गर्नुपर्नेमा जोड दिईन ।

होम स्टे महासंघ नेपालका महासचिव कृष्ण चौधरीले बैरेनी क्षेत्रमा वालुवा चालेर सुन खोज्ने र माछा मारेर जिविकोपार्जन गर्ने समुदायको अधिक वसोवास भएको चर्चा गर्दै यस क्षेत्रलाई घरवास सहितको पर्यटकीय स्थलका रुपमा विकास गरिनुपर्ने वताए ।

समुदायलाई वन्यजन्तुले दुख दिएको मात्र बढि छोईने तर वन्यजन्तुवाट हुने फाईदाका विषयहरुमा अनभिज्ञ हुने अवस्थाले वन्यजन्तु संरक्षणमा चुनौती भईरहेको स्विकादै महासचिव चौधरीले निकुञ्ज, सामुदायिक वन र समुदायवित्र त्रिकोणात्मक साझेदारी हुनु आजको आवश्यकता भएको औंल्याए ।

वन तथा वातावरण मन्त्रालयका उप सचिव लक्ष्मण पौडेलले वातावरणीय सन्तुलन,जलवायु परिवर्तनको स्थिरता कायम राख्न घडियाल गोहिको अत्यन्त महत्वपुर्ण भुमिका हुने उल्लेख गर्दै घडियाल गोहिको संकटापन्न अवस्थालाई चिर्न पनि यस्को संरक्षण अपरिहार्य भएको बताए ।

हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’का अवसरमा बैरेनी कुसुममा माननिय मन्त्रि कृष्णा केसि नमुनाबाट एक भाले र नौ पोथी गरि जम्मा १० वटा घडियाल गोहि समेत राप्ति नदिमा छोडिएको छ ।

नदि र पर्यावरणलाई सन्तुलन राख्दै पर्यटकलाई समेत अर्कषण गर्ने घडियाल गोहिले आफनो आहारा माछालाई मात्र बनाउने बताईएको छ ।
मध्यवर्ति क्षेत्र व्यबस्थापन समितीका अध्यक्ष गेहेन्द्र कुमार खडकाको सभाध्यक्षतामा आयोजित कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ वन संरक्षण अधिकृत मनोज कुमार शाहले ‘विश्व सिमसार दिवस’र घडियाल गोहिको पहिचान, संरक्षण, संकटमा पर्नुका कारण, समुदायको भुमिका तथा घडियाल गोहिको चोरी शिकारी र नियन्त्रण एबं कानुनी ब्यबस्थाकावारे जानकारी गराएका थिए ।

  • १९ माघ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech