१८ बैशाख २०८३, शुक्रबार

श्रीमती र छोराको हत्या आरोपमा दाङमा प्रहरी जवान पक्राउ
  • न्युज मानसराेवर

दाङ : दाङको घोराहीमा नेपाल प्रहरीका जवान आफ्नै श्रीमती र छोराको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।  दाङ प्रहरीमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र साढे २ वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दाङ प्रहरीका अनुसार जवान नेपाली नेपालगन्जबाट श्रीमती आएकाले गएराति कार्यालयबाट बिदा लिएर घोराहीस्थित  सुपरलज होटलको कोठा नं.१ मा बास बसेका थिए । तर, आज बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको  जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जवान नेपालीले श्रीमती र छोराको हत्या गरेर आफैं प्रहरी कार्यालयमा उपस्थित भएका थिए । रुन्टीगढी गाउँपालिका–९, रोल्पा घर भएका जवान नेपाली  लामो समय नेपालगन्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । नेपालीको दुई महिना अघि मात्रै जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जानकारी दिएको छ ।

  • २१ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech