१९ भाद्र २०८३, शुक्रबार

आज प्रेस चौतारी स्थापना दिवस, नगर कमिटी कोहलपुरले २ जना पत्रकार सम्मान गर्दै
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: प्रगतिशिल पत्रकारहरुको सझा संगठन प्रेस चौतारी नेपालले आज सोमवार बिबिध कार्यक्रम गरि आफनो २६ औं स्थापना दिवस मनाउन लागेको जनाएको छ । प्रेस चौतारी बाँकेले गनापुर बाँकेमा विहान ११ वजे मिडियाको दिगोपनकालागि जनप्रतिनिधिको भुमिका बिषयक अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रमको तय गरेको छ भने प्रेस चौतारी नगर कमिटि कोहलपुरले विहान ९ वजे स्थानिय तहको विकासमा सञ्चारको भुमिका बिषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

प्रेस चौतारी बाँकेले समाचार लेखनमा उल्लेखनिय भुमिका निभाएका पत्रकारहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम तय गरेको प्रेस चौतारीका जिल्ला अध्यक्ष दुर्गा रोकायले जानकारि दिएका छन ।

यसैगरि कोहलपुर क्षेत्रमा रहेर सञ्चारको क्षेत्रमा उल्लेखनिय योगदान पुरयाएका २ जना सञ्चारकर्मिहरुलाई दुर्गा प्रसाद वेल्वासे पत्रकारिता पुरस्कारवाट सम्मान गरिन लागेको नगर अध्यक्ष प्रमोद रिजालले जानकारि दिएका छन ।

  • २२ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech