कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा एक घण्टा सडक जाम गर्दै सवारि साधन चल्नबाट बञ्चित गराएका छन । सरकारी छाविन समितीले भौतिक पुर्वाधार मन्त्रिकै त्रुटिकै कारण काठमाण्डौमा २ विद्यार्थीको ज्यान जाने गरि घटना घटेको औंल्याएपनि सरकारले भौतिक योजना तथा पुर्वाधार मन्त्रि प्रकाश ज्वालालाई कारवाहि गर्न हात कमाएको भन्दै कारवाहिको माग सहित बागेश्वरी बहुमुखि क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको आव्हानमा विभिन्न नारा वाजि सहित सडक ठप्प पारिएको हो ।

ज्वालालाई यथाशिघ्र सरकारबाट हटाउन र कारवाहिको माग गर्दै विद्यार्थीहरु सडकमा आएपछि कोहलपुर नेपालगञ्ज सडक भएर गुडने गाडिहरु १ घण्टा प्रभावित भएका थिए । स्वतन्त्र विद्यार्थी युनियन बागेश्वरी बहुमुखि क्याम्पसका अध्यक्ष देबेन्द्र बहादुर बुढाको नेतृत्वमा सडकमा आएका विद्यार्थीले भौतिक पुर्वाधार मन्त्रि ज्वालाका बिरुद्ध चर्का नारावाजि समेत गरका थिए ।










