२० भाद्र २०८३, शनिबार

राष्ट्रिय निकुञ्जबाट अवैध हातहतियार बरामद
  • न्युज मानसराेवर

बाँके\चोरी सिकारीमा प्रयोग भएको दुई थान अवैध बन्दुकसहितको हातहतियार बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रबाट सुरक्षाकर्मीको टोलीले बरामद गरेको छ। बाँके राष्ट्रिय निकुञ्जका सुचना अधिकारी कुननारायण चौधरीले निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारीको संयुक्त गस्ती टोलीले बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ स्थित शिवखोलाको सीमानामा चुरेको सिरान क्षेत्रबाट अवैध हातहतियार बरामद गरेको जानकारी गराएका छन।

त्यस गरी चोरी सिकारीमा संलग्नले गस्ती टोलीमाथि दुई राउण्ड गोली फायर गरेपछि प्रतिकारमा गस्ती टोलीले ४ राउण्ड जवाफी फायर गरेको र त्यसपछि उनीहरु भागेको जनाइएको छ।

घट्ना बारे गहिरिएर अनुसन्धान भइरहेको जनाउँदै बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी चौधरीले घटना अनुसन्धानकै क्रममा रहेकोले समेत उल्लेख गरेका छन।

  • ११ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech