देउखुरी:लुम्बिनीबाट सञ्चालन भएका सार्वजनिक सवारीले गन्तव्यतर्फ हिँड्नुअघि नै यान्त्रिक परीक्षण अनिवार्य गर्नुपर्ने भएको छ । लुम्बिनीको उद्योग तथा यातायात मन्त्रालयले सोमबार देउखुरीमा आयोजना गरेको सवारी दुर्घटना न्यूनीकरण र यातायात सुरक्षाको विषयमा भएको बैठकले यान्त्रिक गडबडीका कारण हुने दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायीले सवारी सञ्चालन गर्नुअघि यान्त्रिक परीक्षण अनिवार्य गर्नुपर्ने निर्णय गरेको छ ।
राजमार्गको सडकमा सिसिटिभी, ऐना जडान गर्ने निर्णय गरेको छ । चालकले मादक पदार्थ तथा लागुपदार्थ सेवा गरे नगरेको थाहा पाउने मेसिन उपलब्ध गराउन आगामी वर्ष बजेट छुट्याउने भएको छ । बैठकले सवारी साधनमा नयाँ प्राविधिक जिपिएस सिष्टमलगायतका प्राविधि जडान गर्ने, इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । लामो दुरीमा दुईवटा सवारीचालक अनिर्वाय रुपमा रहने व्यवस्था अनिवार्य गराउनुपर्ने भएको छ ।










