२० भाद्र २०८३, शनिबार

घरेलु हिंसा पिडित महिलालाई ईन्सेक नेपालगञ्जको सहयोग

आर्थिक अवस्था कमजोर भएको कारणले कानुनी प्रकृयामा जान समस्या

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: ३५ वर्षीया घरेलु हिंसा पिडित रुविना हलवाईलाई कानुनी प्रकृयामा जानकालागि इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले फागुन १५ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

आर्थिक अवस्था कमजोर भएको कारणले कानुनी प्रकृयामा जान समस्या परेको भन्दै पीडितले मानव अधिकार अनुसन्धान केन्द्रको सिफारिसमा फागुन ३ गतेको निवेदन दिएकी थिईन ।

नेपालगञ्ज उपमनपा– ५ घरभई हाल ७ नम्बर वडामा बस्दै आएकी पीडितका पति फरिद अहमद हलवाईको ०७७ कात्तिक ५ गते मृत्यु भए पछि देवरहरू जमसिद अहमद हलवाई, तौहिद अहमद हलावाई, देवरानीहरू रेसमा हलवाई र गुननाज हलवाईले घर निकाला गर्नुको साथै पतिको मृत्यु दर्ता बनाउन वडा कार्यालयमा प्रमाणीकरण नगरी असहयोग गरेका कारण एकल महिला भत्ता समेत पाउन नसकेको भन्दै कानुनी प्रकृयामा जानका लागि उनले निवेदन दिएकी थिईन ।

इन्सेक नेपालगञ्जले कानुनी प्रक्रियामा जानका लागि सहयोग पुगोस भन्ने उद्देश्यले १० हजार रूपियाँ आर्थिक सहयोग प्रदान गरेको ईन्सेक नेपालगञ्जले जनाएको छ ।

  • १५ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech