७ मंसिर २०८१, शुक्रबार

लक्ष्मी माविका पूर्व प्रधानाध्यापक सापकोटा द्धारा प्रकाशित समाचार प्रति ध्यानआकर्षण
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुर नगरपालिका वडा नं.२ स्थित लक्ष्मी माध्यामिक विद्यालयमा भष्टचार भएको भनिएको समाचार प्रति ध्यानआकर्षण गरिएको छ । २०७७ ।१० । १९ गते सम्म लक्ष्मी माध्याकिम विद्यालयका प्रधानाध्यापक रहेका बद्रीनाथ सापकोटा द्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा उक्त ध्यानआकर्षण गरिएको हो ।

सापकोटाले विद्यालय व्यवस्थापन समितिको निर्णय बमोजिम नै आफुले कार्य सम्पादन गरेको उल्लेख गर्दै सापकोटाले तत्कालिन समयको कार्य सम्पादन अख्तियारमा मुद्धा दायर भएको जानकारी प्राप्त भएको  जनाएका छन।

सापकोटाले अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले छानविन गरी ल्याएको विषय स्वीकार्य हुदाँ हुदै सम्मानित संवैधानिक अंगले गर्ने गोपनिय कार्यलाई नजर अन्दाज गर्दै व्यक्तिगत रुपमा  आफ्नो चरित्र हत्या गर्ने मनसायले विभिन्न मिडियामा प्रकाशित समाचार प्रति  गम्भिर आपत्ति रहेको विज्ञप्तीमा उल्लेख गरेका छन।

कोहलपुर वडा नं. २ बर्दहवा स्थित लक्ष्मी माध्यामिक विद्यालयको सरकारी अनुदान लगाएत सार्वजनिक सम्पत्ति बिभिन्न तवरबाट हिनामिना भएको तथ्य सहित पेश गरिएको उजुरीमा आर्थिक वर्ष ०७७ \०७८ को लेखा परिक्षण बाट देखिएको नगद  रु २३ लाख ५० हजार विद्यालयको नगद खातामा जम्मा गरी अपचलन गरेको उजुरीकर्ताको दावि रहेको छ ।

उक्त लक्ष्मी माध्यामिक विद्यालयको भष्टचारको छानविनको माग गर्दै कोहलपुर नगर शिक्षा प्रमुख राम बहादुर हमाललाई एमाले निकट अनेरास्ववियुले शुक्रबार ज्ञापनपत्र बुझाएको थियो । सापकोटाले जारी गरेको उक्त  विज्ञप्ती सामाजिक संजालबाट साभार गरिएको हो ।

 

  • १९ फाल्गुन २०८०, शनिबार प्रकाशित

  • Nabintech