१० मंसिर २०८१, सोमबार

प्रेस सेन्टरको ‘लुम्बिनी प्रदेश स्तरीय मिडिया सम्मेलन-२०८०’ को तयारी पुरा
  • न्युज मानसराेवर

नेपालगन्ज : प्रेस सेन्टर नेपालले बाँकेमा ‘लुम्बिनी प्रदेश स्तरीय मिडिया सम्मेलन-२०८०’ को तयारी पुरा गरेको छ । ‘शान्ति, समृद्धि, स्थायित्व र अग्रगमनका लागि जनपक्षीय पत्रकारिता श्रम अधिकार, समृद्धि र सुशासन जनपक्षीय पत्रकारिताको लागि हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजना हुन लागिरहेको सम्मेलनको सम्पुर्ण तयारी सकिएको प्रेस सेन्टर लुम्विनी प्रदेशले जनाएको छ ।

यही फागुन २४ र २५ गते कोहलपुरस्थित शहिद स्मृति भवनमा सम्मेलन गर्ने तयारी भइरहेको प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष एवम् सम्मेलन तयारी समितिका संयोजक मानसिंह विश्वकर्माले जानकारी दिए । उक्त सम्मेलनको प्रमुख अतिथी एवम नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रचार विभाग इन्चार्ज अग्निप्रसाद सापकोटाले उद्घाटन गर्ने तय भएको प्रेस सेन्टर लुम्बिनी प्रदेश समितिले जनाएको छ ।

सम्मेलनको उद्घाटन शत्रमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलसहित केन्द्रीय पदाधिकारी, नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रीय अध्यक्ष गोविन्द आचार्य लगायत विशिष्ट ब्यक्तिहरुको उपस्थिती रहने भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रेस सेन्टरमा आवद्ध १ सय ५० बढी पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहने अध्यक्ष विश्वकर्माले बताए । सम्मेलनको पुर्वसन्ध्यामा प्रेस सेन्टर लुम्बिनी प्रदेश समितिले मंगलबार नेपालगन्जमा बाँकेस्थित अगुवा पत्रकारहरुसँग छलफल गरी सुझाव लिएको छ ।

  • २२ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech