काठमाडौं:नेकपा एमाले र माओवादी केन्द्रसमेतका दलहरूबीच बनेको नयाँ गठबन्धनले १७ जना मन्त्रीको टुंगो लगाएसँगै कार्य विभाजनसमेत गरेको छ। जसमा एमालेबाट ८, माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना मन्त्रीले केही बेरमा शपथ लिँदैछन्।
यस्तो छ, कार्यविभाजन
एमाले
रघुवीर महासेठ – उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी – कानुन न्याय तथा संसदीय मामिला
हरि उप्रेती- रक्षा
भगवती चौधरी- महिला बालबालिका
राजेन्द्र राई- खानेपानी
दामोदर भण्डारी- उद्योग
ज्वालाकुमारी साह- कृषि
बलराम अधिकारी- भूमि व्यवस्था
माओवादी
नारायणकाजी श्रेष्ठ- उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन- अर्थ
शक्ति बस्नेत- ऊर्जा
रेखा शर्मा- सञ्चार
हितबहादुर तामाङ- पर्यटन
रास्वपा
रवि लामिछाने- उपप्रधान तथा गृह
डीपी अर्याल- श्रम
विराजभक्त श्रेष्ठ- युवा तथा खेलकुद
सुमना श्रेष्ठ- शिक्षा