२० भाद्र २०८३, शनिबार

नेपालगञ्ज- २० मनिकापुरमा सडक नाटक
  • न्युज मानसराेवर

नेपालगञ्ज: शिक्षाका लागि नागरिक संजाल बाँकेले ११४ औ अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा मनिकापुमा सडक नाटक प्रदर्शन गरेको छ ।  कार्यक्रम नेपालगञ्ज उपमाहानगरपालिका २० नम्वर वडा कार्यालयको ब्यवस्थापनमा सोमवार भएको हो । वडा नम्वर २० को ज्ञानपुरुवा तथा मनिकापरु साबिक मनिकापुर गाबिस बिकास र शिक्षाका हिसावले पछि परेका मधेसी तथा दलित समुदायको वस्तिमा बास नेपालका कलाकारहरुले नाटक प्रस्तुत गरेका थिए ।

छोरा र छोरीलाई बिना भेदभाव असल पारिवारिक वातावरणमा,परिवारको उचित निगरानिमा समयमै सचेत बनि २० बर्ष उमेर पुगेका आफ्ना बालवालिकाहरुलाई नेपालको संविधानमा उल्लेख भएबमेजिम मात्र बिवाह गर्न नाटकले सचेत गराएको थियो । नेपालको कानुन बमोजिम २० बर्ष भन्दा कम उमेरका बालबालिकाहरुको बिवाह गर्ने गराउने दुवै दण्डनिय भएको साथै सो उमेर समूहका वालवालिकाहरुको आधारभुत तहको शिक्षा राज्यले अनिवार्यका साथै निशुल्क गरेको र सोको कार्यन्वयनका लागी एकजुट हुन उपमहानगरपालिका वडा नम्वर २० का वडाध्यक्ष कौशल कुमार धोवीले कार्यक्रममा बताएका थिए ।

धोबीले शिक्षामा पछि परेका मधेसी तथा दलित समूदायको उत्थानको निम्ति खेल्दै सिक्दै केन्द्र ज्ञानपुरुवामा शिक्षावाट वन्चित रहेका बालालिकाहरुलाई शिक्षित बनाउने उद्देश्यका साथ स्थापना गरिएको बताएका छन् । संस्थाका अध्यक्ष ताराप्रसाद खनालको अध्यक्षतामा संचालन भएको कार्यक्रम उपाध्यक्ष भद्र देवकोटाद्धारा संचालन गरिएको थियो भने सचिव उषा थापा भण्डारी लगाएतको उपस्थिति रहेको थियो ।

  • २९ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech