कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिकामा रहेको जिवनज्योति स्कुलले शनिबार कक्षा नर्सरि देखि ९ कक्षासम्म अध्ययनरत विद्यार्थीका अभिभावकहरुलाई बोलाएर आगामि दिनमा बालबालिकाको शैक्षिकस्तर सुधार्न विद्यालयले के कति कुरामा सुधार गर्नुपर्ने कस्ता कस्ता योजना लागु गर्नुपर्ने जस्ता विषयमा छलफल गरेको बिद्यालयका प्रशासन शाखा प्रमुख कल्याण तिमिल्सिनाले जानकारी दिए। उनले विद्यालयको आगामी शैक्षिक रणनीति सम्बन्धमा छलफल ,प्रस्तावित शुल्क अनुमोदन सम्बन्धमा छलफल गरिएको जानकारी दिए।
यस्तै अभिभावक भेलालाई सम्बोधन गर्दै बिद्यालयका प्रीन्सिपल जोमन जेम्सले बालबालिकाको भबिस्य कस्तो बनाउने उनिहरुलाई कस्तो वातावरणमा शिक्षा दिने भन्ने चिन्ता अभिभावकसङ्गसङ्गै विद्यालय अनि शिक्षकलाई उत्तिकै भएको बताए। त्यसैले सबै मिलेर काचो माटोको अवस्थामा रहेका बालबालिकालाई राम्रो आकार दिन लागि पर्नुपर्ने उनको भनाई छ।
उनले बालबालिकालाई नैतिकवान र अनुशासित बनाउन पहिले अभिभावकनै अनुशासित हुनुपर्ने बताउदै बालबालिकालाई मोबाईलको लत छुटाउन आफ्ना छोराछोरीले पढिरहेको बेला अनि छोराछोरीले देख्ने गरि आवश्यक काम बाहेक अरुबेला मोबाईल नहेरिदिन आग्रह गरे।
उनले आफ्ना छोराछोरीका आवश्यकताका सबै कुरा दिएर आफ्नो जिम्मेवारी पुरा भएको ठान्ने अभिभावकलाई छोराछोरीको लागि घरमा समय दिन देखि बेलाबेला कम्तिमा बर्षको दुइ तिन पटक भएनि उनीहरुको शैक्षिक अवस्था कस्तो छ विद्यालयमा आएर बुझ्न अनुरोध गरे।
जसले आफ्ना बालबालिकालाई समय दिने गर्नुहुन्छ उहाँहरुको बच्चामा निकै सुधार भएको जेम्सले दावि गरे।
विद्यालय स्थापना भएको एक दशकमा अभिभावकहरु र शिक्षक अनि विद्यालय परिवार र स्थानीय तहको साथ र सहयोगले बाँकेमै छुट्टै पहिचान बनाउन सकेको हुँदा सबैलाई धन्यवाद ज्ञापन गर्दै अब आउदै शैक्षिकसत्र देखि बिद्यालयलाई प्राविधिमैत्री बनाउने र अभिभावकहरुबाट प्राप्त सुझाब सल्लाहलाई मनन गर्दै सुधार गर्नु पर्ने कुरा सुधार्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे।

यस्तै अभिभावक भेलालाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्ण प्रसाद आचार्यले अहिलेको प्रतिस्पर्धाको जमानामा नाफा मात्र कमाउछु भन्नू आफ्नो भबिस्य आफैले बर्बाद गर्नु भएको भन्दै जिवनज्योति स्कुलले छोटो समयमा नाफा नहेरि सेवामुलक भावनाले विद्यार्थीलाई गुणस्तरीय र जिवनउपयोगी शिक्षा प्रदान गरेकोमा स्कुलको प्रशसा गर्दै आगामि दिनमा अझ राम्रो गराउन नगरपालिकासङ्ग सहकार्य गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्दै लैजानुपर्ने धारणा राखे। उनले गुणस्तरीय शिक्षा सङ्गै सेवामुलक भावना भएकोले कोहलपुरमा पछिल्लो समय जिवनज्योति स्कुल सबै क्रियाकलापमा सर्वोत्कृष्ट भएको बताए।
यस्तै भेलामा उपस्थित अभिभावकहरुले आफ्ना छोराछोरीको शैक्षिक कुरा देखि अन्य कुरा निकै सुधार हुदै गएको र आगामि दिनमा पनि यस्तै वातावरणमा आफ्ना बालबालिकालाई पढाउन पाइयोस भन्दै विद्यालयको राम्रो कामको प्रसंशा गर्दै विद्यालयले सुधार गर्नुपर्ने कुरा सुझाबको रुपमा दिएका थिए।










