खजुरा, बाँके: नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खजुुरा गाउँ समितिको पाँचौ गाउँ परिषद शनिवार ज्ञानोदय मा.वि. खजुुरामा भव्य कार्यक्रमका विच सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खजुुरा गाउँ समितिका अध्यक्ष यमनारायण महतोको अध्यक्षतामा सम्पन्न परिषदको प्रमुुख अतिथि राष्ट्रिय समिति सदस्य तथा बाँके बर्दिया इन्चार्ज बामदेब सुुबेदी रहेका थिए ।
प्रदेश तथा जिल्लाका नेताहरुको उपस्तिथि रहेको परिषदमा सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुुत गरिएको थियो भने सेवा निवृत शिक्षकलाई सम्मान तथा नव प्रवेशी शिक्षकहरुलाई स्वागत गरिएको थियो । खजुुरा गाउँपालिकामा २५० शिक्षकहरु नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा आवद्ध रहेको भएपनि कार्यक्रममा १०० बढी शिक्षकको उपस्थिति रहेको आयोजकले बताएको छ ।
कार्यक्रममा बोल्दै प्रमुुख अतिथि बामदेब सुुबेदीले खजुुरा गाउँपालिकाले पालिका अनुुदानमा नियुुक्त शिक्षकहरुमाथी विभेद गरेर अपराध गरेको बताए । उनले प्रअ मिलान वा दरबन्दी मिलानका नाममा पालिकाले नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध शिक्षकहरुलाइ नियतबस दुु:ख दिने काम गरेमा सङ्गठनलाई स्वीकार्य नहुुने र प्रतिरोध गर्ने तथा समयमा हिसाव मिलान गर्न बाध्यहुुने चेतावनी दिए । संगठनमा आवद्ध शिक्षक कक्षा कोठामा इमान्दारी साथ सक्रिय हुुनुुपर्ने र आवश्यक संरक्षण संगठनले गर्ने समेत धारणा राखे । खजुुरा गाउँ समितिका अध्यक्ष यमनारायण महतोको सभाध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिव प्रकाश खड्काले गरेका थिए ।