३० श्रावण २०८२, बिहीबार

क्यान्सर अस्पताल खजुरामा आगलागी

सिटि स्क्यान र बिरामी वस्ने ब्लक फरक रहेकाले मानवीय क्षतीको जोखिम भने नभएको

  • न्युज मानसराेवर

नेपालगन्जः बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ । अस्पतालमा रहेको सिटि स्क्यान रुममा आगलागी भएको अस्पतालका मेसु डा.प्रकाश साहले जानकारी दिनुभयो । साढे चार बजे सिटि स्क्यान रुमबाट धुवाको मुस्लो निस्किएको साहले बताउनुभयो ।

अहिलेसम्म दमकल पुग्न सकेको छैन । स्थानीयबासीहरुले पानी हालेर आगो निभाउने प्रयास गरेका छन् । तर, भित्र जाने स्थिति नभएको मेसु साहले  बताउनुभयो ।

अस्पतालको सिटि स्क्यान रुमबाट धुँवा निस्किएको देखिएपछि नियन्त्रणका लागि दमकल बोलाइएपनि अझै दमकल पुग्न सकेको छैन । ‘सिडियो सापलाई दमकल पठाउन भनेको छु तर अझै आएको छैन’-साहले भन्नुभयो । सिटि स्क्यान र बिरामी वस्ने ब्लक फरक रहेकाले मानवीय क्षतीको जोखिम भने नभएको साहले बताउनुभयो ।

 

 

  • १८ चैत्र २०८०, आईतवार प्रकाशित

  • Nabintech