कोहलपुर,बाँके:आज सोमबार देशका एकरदुई स्थानमा मात्र वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यस क्रममा दिउँसो पहाडी भूभागका एकरदुई स्थानमा मात्र मेघगर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। यस क्रममा राति गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
मौसमविद्का अनुसार एकरदुई स्थानमा मात्र वर्षा र हिमपातको सम्भावना देखिनु सम्भावना कम हुनु हो। मौसमविद्का अनुसार आंशिक बदली भनेको सम्बन्धित क्षेत्रको आकाशको २५ देखि ५० प्रतिशतसम्म भागमा बादल देखिुन र बाँकी खाली रहनु हो भने साधारणतया बदली भनेको ५१ देखि ७५ प्रतिशतसम्म आकाश बादलले ढाकिनु र बाँकी खाली रहनु हो। अनि मुख्यतया सफा भनेको सम्बन्धित क्षेत्रको आकाश २५ प्रतिशत भागमा मात्र बादल र बाँकी सफा रहनु हो।