२५ श्रावण २०८२, शनिबार

खजुरामा तरकारी पकेट क्षेत्र संचालनमा
  • न्युज मानसराेवर

बाँके: बाँकेको खजुरा गाउँपालिकाले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण’ कार्यक्रमअन्तर्गत तरकारी पकेट क्षेत्र सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट तरकारी खेती गरी किसान आत्मनिर्भर बन्न थालेका छन् । किसानहरू कृषि समूह बनाएर तरकारी पकेट क्षेत्रमा  आबद्ध भएका छन् । उनीहरूले उत्पादन गरेका  तरकारी तथा फलफूलले उचित मूल्यसहितको बजार भने नपाएको र ढुवानीको समस्या भएको गुनासो गरेका छन् ।

बाँकेको खजुरा गाउँपालिका-३ बी गाउँका कृषक राजकुमार गुरुङले तरकारी बिक्री गर्न भाडाको सवारी साधन खोजेर नेपालगन्ज जानुपर्ने बाध्यता रहेको जानकारी दिए ।’तरकारी उत्पादन राम्र गरेका छौं आम्दानी ठिकेै छ । तर उत्पादन भएको तरकारी बजारसम्म लेजान ढुवानीको
समस्या छ,’ उनले भने, बल्लतल्ल ढुवानीको साधन जोहो गरेर तरकारी बजारमा पुऱ्यायो व्यापारीलाई कमिसन दिनुपर्छ ।’

नेपालगन्जका ठूला तरकारी व्यापारीले भारतबाट तरकारील्याउँदा कृषक मर्कामा परेको उनले बताए । ‘हामीले उत्पादन गरेका तरकारी अर्गानिक हुन्छन्, सस्तो पनि हुन्छ,’ कृषक गुरुङले भने, ‘व्यापारीले भारतबाट ठूलो मात्रामा तरकारी ल्याउँदा हामीले उत्पादन गरेका तरकारीले भाउ#पाउँदैन, थोक व्यापारीले लिन मान्दैनन् अनि बाध्यताले कमिसन दिनुपर्छ ।’ तरकारी बिक्री गरीदिन थोक व्यापारीलाई सयकडा आठ प्रतिशतसम्म कमिसन दिनुपर्ने बाध्यता रहेको कृषकको गुनासो छ ।

अर्का किसान पदमबहादुर रानाले पनि गुरुङ जस्तो समस्या भोगेको जानकारी दिए । विगत २७ वर्षदेखि कृषि पेसा गरेका रानाले कृषि फर्ममार्फत तरकारी, फलफूल तथा बेर्ना उत्पादन गर्दे आएका छन् । ‘तरकारी र फलफूलजन्य वस्तुको उत्पादन गर्छु, घरपरिवार सबै यही पेसामा छौं आम्दानी राम्र छ,’ किसान रानाले भने, ‘तर उत्पादित तरकारी बजारसम्म पुऱ्याउन समस्या छ, सवारी साधन छैन, भाडाको सवारी खोजेर कोहलपुर र नेपालगन्जसम्म तरकारी पुऱ्याउनुपर्छ ।’ कृषि समूहलाई अन्य संघसंस्थाले पनि प्राविधिक सहयोग गर्दै आएका छन् । पालिकाका विभिन्न वडामा तरकारी पकेट क्षेत्र सञ्चालन गरी अनुदान दिइएको र अझै तीन वर्षसम्म सहयोग गर्ने पालिका  अध्यक्ष डम्बरबहादुर विक ‘तूफान’ ले जानकारी दिए ।

उनले भारतीय तरकारी आयात रोक्न सके खजुरा क्षेत्रले नेपालगन्जलाई आवश्यक तरकारीको माग पूरा गर्न सक्ने बताए । कृषि क्षेत्रको विकासका लागि पालिकाले विशेष रणनीतिअनुसार काम गर्दे आएको छ । पालिका अध्यक्षलविकले किसानलाई कृषि क्षेत्रमा आकर्षण गर्ने कार्यक्रम र योजनालाई प्राथमिकता दिएकोबताए । खजुरा क्षेत्र तरकारी र कृषि उत्पादन पकेटका रूपमा विकास हुँदै गएको छ ।

  • २१ चैत्र २०८०, बुधबार प्रकाशित

  • Nabintech