कोहलपुर,बाँके:हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यतिबेला आइतबार बिहान कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया मौसम बदलीको अवस्था छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने र बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने अनुमान छ। आज दिउँसो गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थान र देशका बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसहित तराईका केही स्थानमा आज दिउँसो हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा राति मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति हल्का हिमपातको सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनको उल्लेख छ।
कस्तो होला सोमबार र मंगलबारको मौसम ?
२०८० चैत २६ गते सोमबार
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशको पहाडी भू-भागको एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति :कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०८० चैत २७ गते मंगलबार
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ। देशको पहाडी भू-भागको एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी पहाडी भू-भागको एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश साथै मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भु-भागका तराईका केही स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।