१४ मंसिर २०८१, शुक्रबार

महिलालाई स्वरोजगार वनाउन जानकीमा सेनेटरी प्याड बनाउने तालिम
  • न्युज मानसराेवर

जानकी,बाँके: जानकी गाउँपालिकाको महिला बालबालिका शाखाले स्थानीयस्तरमै सेनेटरी प्याड बनाउने तालिम शुरु गरेको छ । गाउँपालिका अन्र्तगत विपन्न समुदायका महिलाहरुले महिनावारीका समयमा व्यवस्थित सेनेटरी प्याड नपाउँदा अनेक समस्या भोग्ने गरेका छन् । गाउँपालिकाका महिलाहरुलाई घरमै बसेर कसरी सेनेटरी प्याड बनाउन सकिन्छ भनेर तालिम दिन शुरु गरिएको जानकी गाउँपालिकाले जनाएको छ ।

जानकी गाउँपालिकाले महिनावारीको समयमा स्वस्थ कपडाको प्रयोगलाई वढावा दिन पालिकामा नै सेनेटरी प्याड बनाउने तालिम दिन सुरु गरेको सामाजिक विकास समिति संयोजक रामआचल धोवीले बताए । आफैंले तयार गरिएको घरेलु प्याड एकपटक प्रयोग गरिसकेपछि पुन: प्रयोग गर्न मिल्ने र स्वास्थ्यको लागि पनि राम्रो हुने तालिमका सहभागीहरुले बताएका छन् । साथै बजारमा पाइने प्याड पैसा धेरै पर्ने र पातलो पनि हुने भएकोले घरेलु प्याड नै स्वास्थ्यको लागि राम्रो हुने स्थानीय समा खाँन र कल्पनादेवी राढले बताए ।

जानकी गाउँपालिकाले १, २, ३ नम्वर वडाका गरी जम्मा ८५ जनालाई सेनेटरी प्याड बनाउने तालिम दिएको महिला बालबालिका शाखाकी प्रमुख कल्पना गाहाले जानकारी दिइन् ।

  • १८ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • Nabintech