कोहलपुर,बाँके:बाँकेको कोहलपुरमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ। कोहलपुर १२-सुन्दरबस्तिका १६ वर्षीय विशाल परियारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभएको छ।
अत्यधिक गर्मी बढेपछि केही दिनदेखि विद्यालय बन्द छन् । विद्यालय बन्द भएसँगै गर्मी छल्न घर नजिकैको डुडुवा खोलामा साथीहरूसँग पौडी खेल्न गएका विकको डुबेर मृत्यु भएको हो।
पौडी खेल्ने क्रममा डुबेका किशोरलाई स्थानीय र प्रहरीहरू मिलेर खोजिकार्य गरेपछि विकको शव फेला परेको निरीक्षक भट्टराईले जानकारी दिनुभएको छ।