१३ मंसिर २०८१, बिहीबार

जानकी गाउँपालिका पूर्ण खोप सुनिश्चित
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: जानकी गाउँपालिका मानपुर बाँकेलाई आईतवार पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जानकी गाउँपालिका गाउ कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखा बाँकेको आयोजनामा जानकी गाउँपालिका मानपुर बाँकेलाई आईतवार पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।

पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका सम्योजक ज्ञानेन्द्र कुमार चौधरीले गाउँपालिका प्रमुख र स्वास्थ्य शाखाको युनिटले विकास निर्माण जस्तै दिनरात खटेर स्वास्थ्यमा समेत राम्रो काम गरेको भन्दै जिल्ला समन्वय समितीका तर्फबाट र खोप समन्वय समितीबाट हार्दिक बधाई दिए । साथै जानकी गाउँपालिकाले स्वास्थ्यमा प्रथम स्थान ल्याएकोमा जिल्ला समन्वय समितीका तर्फबाट जानकी गाउँपालिकालाई ५० लाख रुपैँया दिन्छु मैले वाचा गर्न चाहन्छु उनले भने । त्यसै गरेर गाउँपालिका प्रमुख छब्बन खाँले स्वास्थ्यमा पालिकालाई पहिलो नम्वरमा ल्याउन सफल भएकोमा खुशी व्यक्त गर्दे आउने दिनमा गाउँसभाबाट स्वास्थ्य शाखाको प्रमुखलाई पुरस्किृत गर्ने बताए ।

कार्यक्रममा जानकी गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष एवम प्रवक्ता टिकानाथ यादव, स्वास्थ्य शाखा बाँकेका प्रमुख अंगत शाही , स्वास्थ्य शाखा जानकीका प्रमुख दल वहादुर रानाले समेत आ आफनो धारणा राखेका थिए भने वडा नम्वर ६ का वडा अध्यक्ष जगदिश प्रसाद हरिजन ,सामाजिक विकास समितीका सम्योजक राम आचल धोवी, जिल्ला समन्य समितीका सदस्य जुल्फेकार अली मनिहार ,समन्वय समितीका विकास अधिकारी विक्रम पान्डे , ध्ज्इ का खोप अधिकृत सरला न्योपाने ,पालिकाका विभिन्न शाखाका प्रमुख , स्वास्थ्य शाखा जानकीका जनस्वास्थ्य निरिक्षक तमलाल वेलबासे,स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिती रहेको थियो । पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रममा प्रसम्सापत्र समेत वितरण गरिएको थियो ।

  • ३ असार २०८१, सोमबार प्रकाशित

  • Nabintech