कोहलपुर,बाँके:बाँकेको कोहलपुर ३ मैटहवामा रहेको जनता माध्यामिक विद्यालयको यसपालिका एसईईको रिजल्ट परिणाम शुन्य आएको छ । यस विद्यालयबाट एसईई परीक्षामा ४२ जना विद्यार्थीहरुले सहभागिता जनाएपनि सबैको एनजि आएपछि कोहलपुर नगरपालिकाको शिक्षामा लगानि वालुवामा पानी भएको हो ।
विद्यालयमा आउने तर प्रशासनिक काम भन्दै प्राय विद्यालय वाहिर रहने विद्यालयका प्रधानाध्यापक चन्द्र खत्रि विद्यालय समयमा विद्यालयमै भएपनि आफनै कार्यकक्ष मस्त निद्रामा रहने गरेको त्यहा कार्यरत एक शिक्षकले आफनो नाम नवताउने शर्तमा न्युज मानसरोवरलाई वताएका छन । शिक्षकहरु कक्षा कोठामा गएका छन या छैनन, विद्यार्थीहरुको अवस्था केछ भन्ने वारे कुनै चासो नदिने खत्रि जता अडेस लाग्ने ठाउ भेटयो उतै निदाउने गरेको ती शिक्षकको दावि रहेको छ ।
विद्यालयको सम्पत्ती विद्यालय ब्यबस्थापन समितीको निर्णय विना पंखा विक्रि गरेको स्यानेटरी प्याडमा अनियमितता गरेको भन्दै खत्रिलाई अख्तियारमा समेत मुद्धा परेको छ । मुद्धा परेपछि अख्तियारको टोलिले उनले गरेको अनियमितताको मुचुल्का लिएर अनुसन्धानलाई अगाडि बढाएको छ ।
पटक- पटक विवादमा आईरहने प्रधानाध्यापक चन्द्र खत्रि यस अघि विद्यालय ब्यबस्थापन समिती गठन प्रक्रियामा समेत विवादमा आएका थिए । यसरी पटक पटक विवादमा आउने, विद्यालयमा अधिकासं समय नहुने र विद्यालयमा भएपनि मस्त सुत्ने गरेकोवारे नगर शिक्षालाई सुचना दिएपनि कुनै कारवाहि प्रक्रिया अगाडि नबढाएको जनता मावि मैटहवाका अविभावकहरुको दावि छ । त्यसो त जनताका गुनासावारे नगर शिक्षा शाखा प्रमुख राम वहादुर हमालले ती सबै मानसिक रोगि हुन भन्ने अभिब्यक्ति दिने गरेपछि कारवाहिको भने आस मरिसकेको भन्दै एक अभिभावकले उनी आएको २ बर्षयता विद्यालयको श्रीबृद्धि ओरालोतर्फ लागेको आरोप लगाएका छन ।
वडा नं. ३ का वडा अध्यक्ष माधव रिजालले यस अघि वडा अध्यक्ष भएको कार्यकालमा आफुले पाउने सरकारी सेवा सुविधावाट जनता माविलाई डेढ कठ्ठा जग्गा दान गरेका थिए । सबै भौतिक पुर्वाधार सम्पन्न विद्यालय भएपनि फितलो प्रसासन र गैर जिम्मेवार प्रधानाध्यापक भएपछि यस विद्यालयले शैक्षिक गतिविधिमा ब्रेक लागेको स्थानियहरु दावि गर्छन । यस विषयमा चन्द्र खत्रिसंग सम्पर्क गर्दा उनीसंग सम्पर्क हुन सकेन ।