१३ मंसिर २०८१, बिहीबार

बाँकेमा चल्यो गोलि, एक प्रहरी, एक सर्वसाधारण र फरार प्रतिवादी घाईते
  • न्युज मानसराेवर

बाँके:बाँकेको डुडुवा गाउँपालिका– ६ सिख्खन पुरुवामा डाँका चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न गएको प्रहरी टोली र स्थानीयबीच झडप भएको छ ।डाँका चोरी मुद्दामा फरार सिख्खन पुरुवाका ५५ वर्षीय सन्नाम भनिने सरमानसिंह सरदारलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आज बिहान स्थानीयबासीले ढुङ्गामुढा गरेका थिए ।

सरदारलाई पक्राउ गरेर ल्याउने क्रममा गाडीमा स्थानीयले ढुङ्गामुढा गरेर भगाउन खोजेपछि प्रहरीले तीन राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।

उनका अनुसार गोली लागेर डाँका चोरी मुद्दाका फरार प्रतिवादी सरदार र अर्का एक स्थानीय रहेका छन् । स्थानीयको इट्टा प्रहारबाट एकजना वरिष्ठ प्रहरी हवलल्दार गम्भीर घाइते भएको डिएसपी डाँगीले जानकारी दिए ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीको कमाण्डमा ठूलो प्रहरी टोली सरदारलाई पक्राउ गर्न बिहीबार बिहानै सिख्खन पुरुवा पुगेको थियो । तीनै जना घाइतेलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा ल्याइएको छ ।

  • २० असार २०८१, बिहीबार प्रकाशित

  • Nabintech