१२ मंसिर २०८१, बुधबार

थारु वस्तिमा नि:शुल्क स्वास्थ्य शिविर चलाउदै कौसिल्या अस्पताल, आज रझेना गाउँमा
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: पछिल्लो समय आम नागरिकहरुलाई आफनो स्वास्थ्य प्रति सचेत गराउदै कोहलपुरका विपन्न तथा लक्षित वर्गमाझ पुगि नि:शुल्क स्वास्थ्य शिविर चलाउदै आएको कौसिल्या अस्पताल प्रा.लि.ले आज शनिवार कोहलपुरमा थारुहरुको बाक्लो वस्ति रहेको कोहलपुर ६ रझेना गाउँमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

सिटिजन्स बैंकको प्राविधिक सहयोग एबं वडा नं. ६ को समन्वयमा कोहलपुर ११ मा रहेको कौसिल्या अस्पतालले प्राविधिक सहयोग गर्दै नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । बर्षाको मौसममा हुन सक्ने संभावित रोगहरुकावारे आम नागरिकलाई स्वास्थ्य शिक्षासंगै उनीहरुको स्वास्थ्य समेत नि:शुल्क चेकजाँच गरिएको अस्पतालका प्रशासनिक प्रमुख शंकर प्रसाद न्यौपानेले न्युज मानसरावरलाई वताएका छन ।

उनले शिविरमा सुगर, प्रेसर, हर्निया, नशा तथा खुट्टा झमझमाउने, मोतिया विन्दु एबं आँखा सम्बन्धि रोगहरुका निदान गर्न चेकजाँच गरिएको वताए । जम्मा ९२ जना उपस्थिती रहेको नि:शुल्क स्वास्थ्य शिविरमा ८५ जनाले आफनो स्वास्थ्य चेक गराएका थिए । चेकजाँच पश्चात रोगको प्रकृती हेरी उनीहरुलाई नि:शुल्क औषधि समेत वितरण गरिएको कौसिल्या अस्पताल प्रा.लि.ले जनाएको छ ।

कोहलपुर नगरपालिका वडा नं ६ का अध्यक्ष श्रीकृष्ण थारुको आतिथ्यमा सञ्चालित उक्त शिविरमा सिटिजन्स बैंक कोहलपुरका कर्मचारीहरु उपस्थिती रहेको थियो भने कौसिल्या अस्पतालका स्वास्थ्यकर्मिहरु डा.दिपक गुप्ता, दिपकराज पोखरेल,दृष्टि रोग बिशेषज्ञ निरज काफले लगाएतका चिकित्सकहरुले चेकजाँच गरेका थिए ।

बैंकले आफु उपस्थित स्थानमा जनतामा स्वास्थ्य जागरुकता ल्याउदै उनीहरुको स्वास्थ्य सचेतना अभिबृद्धि गर्ने उद्धेश्यका साथ सामाजिक उत्तर दायित्व वहन गर्दै बैंकले नै यो स्वास्थ्य शिविर गर्ने जर्मको गरेको वताएको छ भने अस्पतालका कार्यकारी निर्देशक राम प्रसाद न्यौपानेले जनतालाई सर्वसुलभ र न्योयोचित स्वास्थ्य सरोकारमा पहुच पुरयाउन यस्ताखाले शिविर चलाउदै आएको वताएका छन ।

  • २९ असार २०८१, शनिबार प्रकाशित

  • Nabintech