२७ असार २०८२, शुक्रबार

त्रिशूलीमा बेपत्ता मध्ये ११ शव भेटिए , भेटिएनन बस

आज चौथो दिन पनि नेपाल प्रहरी, शससत्र प्रहरी र नेपाल प्रहरीद्धारा  खोजी कार्य जारी

  • न्युज मानसराेवर

चितवन:त्रिशूली नदीमा बेपत्ता भएका यात्रु मध्ये अहिले सम्म ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सनाखत हुन नसकेका शवहरू मध्ये तीन वटा भरतपुर अस्पताल र तीन वटा परासी अस्पतालमा राखिएको छ । पहिचान भएपछि ती शव पोष्टमाटम गर्दै परिवारलाई बुझाइने बताइन्छ ।

शुक्रवार भएको दुर्घटना पछि अहिले सम्म फेला परेका शवहरू मध्ये सनाखत भएकामा भारत वेतियाका सजात अन्सारी, रौतहटका प्रकाश ठाकुर, चितवन माडीका विकाश परियार, सर्लाही वरथहवाका रमितकुशर माझी र भारत विहारका ऋषि पाल रहेका छन् ।

यता दुर्घटना ग्रस्त बस अझै भेट्न सकिएको छैन । आज चौथो दिन पनि नेपाल प्रहरी, शससत्र प्रहरी र नेपाल प्रहरीले  खोजी कार्य जारी राखेको छ । आइतबार चितवन आउनु भएका गृह सचिव एकनारायण अर्यालले बस खोज्न अब भारत वा चीनबाट विशेष उपकरण ल्याउने तयारी  भइरहेको जानकारी दिनुभएको थियो ।

गत शुक्रवार बिहान काठमाडाैँ गौरको बस र वीरगन्ज काठमाडाैँको बस भरतपुरको सिमलतालवाट  त्रिशूलीमा खस्दा बेपत्ता छ । पहिरोले बगाएर बेपत्ता भएको सो बसमा ६५ जना यात्रु थिए । जस मध्ये ३ जना पौडिएर बाच्न सफल भएका हुन ।

  • ३१ असार २०८१, सोमबार प्रकाशित

  • Nabintech