१२ मंसिर २०८१, बुधबार

बाँके राष्ट्रिय निकुञ्जबाट एक शिकारी रंगेहात पक्राउ
  • न्युज मानसराेवर

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक जना शिकारी रंगेहात पक्राउ परेका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने महादेवा जङ्गलबाट ४४ वर्षका मोहन थारु पक्राउ परेका हुन् ।

कोहलपुर नगरपालिका वडा नम्बर १३ सिम्री निवासी थारुलाई पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले न्युज मानसरोवरसंग कुराकानिका क्रममा भने। थारुको साथबाट गोली लागेर मरेको भाले चित्तल, एक थान भरुवा बन्दुक, २ राउण्ड गोली र बन्दोबस्तीका सामान बरामद गरिएको शाहले बताए। पक्राउ परेका थारु विरुद्ध आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

निकुञ्ज क्षेत्रमा चोरी शिकारी हुने गरेको शङ्काको आधारमा निकुञ्ज सुरक्षार्थ रणबम गण र निकुञ्जका कर्मचारी संयुक्त रुपमा गस्तीमा खटिएका थिए । गस्ती टोलीले गएराती १२ बजेतिर थारुलाई पक्राउ गरेको थियो । पक्राउ परेका थारु विरुद्ध राष्ट्रिय निकुञ्ज ऐन २०२९ र हात हतियार खरखजना अन्तर्गत मुद्दा चलाइने निकुञ्ज कार्यालयले जनाएको छ ।

  • ४ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech