खजुरा,बाँके: खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरका २५ जना महिलाले बनाएको रोपाइँ समूह प्रभावकारी बन्दै गएको छ । रोजगारीका लागि धेरैजसो पुरुषले गाउँ छोडेपछि राधापुरका महिलाले समूह नै बनाएर आलोपालो रोपाइँ गर्दै आएका छन ।
एक्लै धान रोपेर नसकिने र गाउँमा खेताला पनि नपाइने भएपछि गाउँका दिदीबहिनी मिलेर सामूहिक रोपाइँ शुरु गरेको राधापुरकी ममता विकले बताईन । सामूहिक रोपाइँ गर्दा काम खोज्ने र कामदार खोज्ने दुवै पक्षलाई सहज भएको उनको भनाइ छ ।
२५ जनाको समूहले समूहका सदस्यभित्र प्रतिघण्टा दुई हजार रुपैयाँ र समूह बाहिर प्रतिघण्टा तीन हजार रुपैयाँ पारिश्रमिक लिन्छन् । सामूहिक रोपाइँबाट यसवर्ष अहिलेसम्म एक लाख ८० हजार रुपैयाँ आम्दानी भइसकेको समूहकी अगुवा अञ्जली सुनारले जानकारी दिंदै भनिन । ुसमूहमा आवद्ध भएर काम गर्दा आफ्नो धान रोपाइँ समयमै हुनुको साथै आर्थिक बचत पनि गर्न सफल भएका छौं,ु उनको भनाई छ, ुयो वर्षको अहिलेसम्म एक लाख ८० हजार रुपौयाँ बचत भइसकेको छ, अझै एक हप्तासम्म रोपाइँ गर्दा दुई लाख रुपैयाँ पुग्छ ।ु
स्थानीय बालसरा सुनारले यसअघि आफूले सात कठ्ठा खेतमा रोपाइँ गर्ने गरेकोमा खेताला पाउन सहज भएपछि यो वर्ष थप १० कठ्ठा खेत अधियाँ लगाएर रोपाइँ गरेको बताईन । गाउँका धेरै घरमा बुढाबुढी मात्र छन् । त्यस्ता घरमा रोपाइँका लागि खेताला खोज्न सजिलो भएको छ । खजुरा गाउँपालिका–१ का वडाध्यक्ष मनवीर क्षेत्रीले दिदीबहिनीले सामूहिक रुपमा रोपाइँ गरेर उदाहरणीय कार्य गरिरहेको प्रतिक्रिया दिएका छन।