८ मंसिर २०८१, शनिबार

रूपैडिहामा नक्कली नोटको कारोबार
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:सीमावर्ती भारतीय बजार रूपैडिहामा नक्कली नोटको कारोबार भैरहेको खुलासा भएको छ । भारतीय प्रहरीले ७२ हजार भारतीय नक्कली रूपैयाँ सहित एक जनालाई पक्राउ गरेपछि रूपैडिहा बजारमा नक्कली नोटको कारोबार भैरहेको खुलासा भएको हो ।

त्यहाँबाट भारतीय पत्रकार सन्तोष शुक्लले दिएको जानकारी अनुसार, गु्प्तचर एजेन्सीको सूचनाका आधारमा रूपैडिहा थानाको टोली भारतीय नक्कली नोटको गड्डी सहित बहराइच मोतिपुरका ४० बर्षीय कैलाशलाई पक्राउ गरेको हो ।

रूपैडिहा थाना प्रभारी निरीक्षक समशेर बहादुर सिंहका अनुसार, वरिष्ठ उपनिरीक्षक अनिल कुमार यादव, बाबागन्जका चौकी इन्चार्ज राम गोविन्द बर्मा लगायतको गस्ती टोलीले नेपाल–भारत सीमा नजिक आइसीपी रोडबाट ७२ हजार भारु सहित कैलाशलाई पक्राउ गरिएको थियो ।

उक्त घटनापछि सीमा बजारमा तस्करी गर्नेले नक्कली नोटको कारोबार गरिरहेको हुनसक्ने सम्भावना औंल्याउँदै थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

बरामद भएको नक्कली नोट सबैको भारतीय रूपैयाँ पाँच सयको रहेको जानकारी दिंदै भारतीय प्रहरीले  पक्राउ परेका व्यक्तिले पछिल्लो ६ महिनादेखि भारतीय नक्कली नोटको कारोबार गरिरहेको स्वीकार गरेपछि घटनालाई अझ गम्भीर ढंगले लिइएको भारतीय प्रहरीलाई उद्धृत गर्दै पत्रकार शुक्लले जानकारी दिए ।

  • १५ श्रावण २०८१, मंगलवार प्रकाशित

  • Nabintech