१२ मंसिर २०८१, बुधबार

ज्ञान बहुमुखि क्याम्पस कोहलपुरमा वक्तृत्वकला
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: कोहलपुरको मुटु मानिएको साझाचोकमा भएको ज्ञान बहुमुखि क्याम्पसको आयोजनामा शैक्षिक पलायन रहर कि बाध्यता बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

पछिल्लो समय गाउँ घरमै प्रशस्त शैक्षिक संस्थाहरुको स्थापना भएपनि विद्यार्थीहरु संघिय राजधानिका अलावा तेस्रो मुलुक पलायन भईरहेको परिप्रेक्षलाई जोडदै क्याम्पसले यस बिषयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो । विभिन्न तर्क वितर्क सहित आ आफनो प्रस्तुती प्रस्तुती गरेका सहभागिहरु मध्यवाट क्याम्पसमा अध्यनरत कुमिल थारु प्रथम प्रथम भएका छन र यसैगरि द्धितीय स्थानमा गणेश रावत, तृतीय स्थानमा बिनय बिष्ट र सान्तवना स्थान दिपेश रोकायले हात पार्न सफल भएका छन ।

वक्तृत्वकला विजयीहरुलाइ पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको ज्ञान बहुमुखि क्याम्पस प्रशासनले जनाएको छ । कन्चन सोनीको सभापतित्वमा आयोजित वक्तृत्वकला प्रतियोगिताको मुख्य आतिथ्यता डोलराज अर्यालले गरेका थिए भने विशिस्ट आतिथ्यता क्याम्पस प्रमुख टेकबहादुर गुरुङले गरेका थिए ।

वक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डलको भुमिका क्याम्पसका प्राध्यापकहरु ललिता थापा, भुल प्रसाद अधिकारी र भिम खरेलले निभाएका थिए । कार्यक्रमको सञ्चालन कलेजका विद्यार्थी शुशिल सिंह ठकुरीले गरेका थिए ।

  • १६ श्रावण २०८१, बुधबार प्रकाशित

  • Nabintech