१२ मंसिर २०८१, बुधबार

बाँकेमा ब्राउन सुगरसहित २६४ जना पक्राउ
  • न्युज मानसराेवर

 बाँके:प्रहरीले लागु औषध नियन्त्रणका लागि सुरक्षा परिचालनसँगै जनचेतनामुलक कार्यक्रममा केन्द्रीत गरे पनि लागु औषध प्रहरीका लागि सधै टाउको दुखाइको विषय बन्दैआएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाङ्गीले लागु औषधमा ब्राउनसुगर ओसार–पसार र सेवन ठुलो समस्याको रुपमा रहेको बताउनुभयो ।

प्रहरीको तथ्याङ्कअनुसार गत आर्थिक बर्ष २०८०/८१ मा लागु औषधको मात्र १७७ मुद्दा दर्ता भएको छ । ९२५ ग्राम ८१५ मिलीग्राम ब्राउनसुगर नियन्त्रणमा लिइएको जनाएको छ । सो क्रममा २६४ जनालाई पक्राउ गरिएको डिएसपी डाङ्गीले बताउनुभयो ।

डिएसपी डाङ्गीले भन्नुभयो, ‘लागु औषध नियन्त्रणका लागि सीमापारी भारतीय सुरक्षा निकायसँग समन्वयदेखि गाउँ–गाउँमा जनचेतनामुलक कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाएका छौं ।’

नेपालगञ्ज पछिल्ला केही बर्षदेखि लागु औषध ब्राउनसुगरको हबको रुपमा देखिएको सुरक्षा निकाय र लागु औषध नियन्त्रणको क्षेत्रमा क्रियाशील सङ्घ संस्थाले दावी गर्दैआएका छन् । सीमापारी भारतीय बजार रुपैडियाबाट ब्राउनसुगर र अन्य लागुपदार्थ भित्र्याउने र बाँकेको विभिन्न सहरी र ग्रामीण ईलाका तथा अन्य जिल्लामा पठाउने गरिएको छ ।  लागु औषध नियन्त्रणका लागि प्रहरीले विशेष अभियान नै चलाइरहेको छ । पछिल्लो समय ग्रामीण क्षेत्रमा युवापुस्ता लागु औषधको उच्च जोखिममा रहेका छन् ।

  • २४ श्रावण २०८१, बिहीबार प्रकाशित

  • Nabintech