११ मंसिर २०८१, मंगलवार

आज साउनको अन्तिम सोमवार देशैभरिका शिवालयहरुमा भक्तजनको चहल पहल
  • न्युज मानसराेवर

कोहलपुर,बाँके :आज साउनको अन्तिम सोमबार भएकाले बाँकेको प्रसिद्ध बागेश्वरी मन्दिर, नरैनापुरको सन्तानेश्वर मन्दिर दर्शन गर्न जाने श्रद्धालुहरुको विहानै देखि चहलपहल बढेको छ । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ। साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ। साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्छ। साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गरेको छ।

यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन्।

 

 

  • २८ श्रावण २०८१, सोमबार प्रकाशित

  • Nabintech