कोहलपुर,बाँके: लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. नेपालगञ्जले सहायक पदका लागि खुलाएको कर्मचारी छनौट प्रक्रियाबाट कम ब्याक भएको छ । देखावटी कर्मचारी भर्नाको आवेदन खुलाएको भ्रम छरेर आन्तरिक सेटिङ्ग गरेको देखिएको भन्दै सामाजिक सन्जालमा खबरदारि र समाचारहरु प्रकाशित हुन थालेपछि एकेडेमी ब्याक भएको हो । यस अघि लर्ड बुद्ध एजुकेशनल एकेडेमीले २९ गतेकालागि अन्तरवार्ता तथा कम्प्युटरको स्किल टेष्ट कार्यक्रमको तय गरेको थियो ।
मेडिकल कलेजले परिक्षा नहुदै केहिलाई कोहलपुरमा सम्बन्धित काममा लगाइएको पाईएको भन्दै बिरोधका स्वरहरु सुनिएका थिए । परिक्षार्थीलाई रसिद नदिएर जबर्जस्ती भरपाईमा दस्तखत गराएको लर्ड बुद्ध एजुकेशनल एकेडेमीले नेपालगञ्ज प्रशासनमा बुझाएका उम्मेदवारहरुको दरखास्त बमोजिम अन्तरवार्ता तय गरिएको भएपनि अर्को सुचना नभए सम्मकालागि अन्तरवार्ता तथा कम्प्युटर स्किल टेष्ट लगाएतका कार्यक्रमबाट कम ब्याक भएको उप निर्देशक श्याम कुमार शर्माद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।