११ मंसिर २०८१, मंगलवार

डोटीमा बस दुर्घटना, १७ जना घाइते
  • न्युज मानसराेवर

डोटी:डोटीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय, डोटीका एसपी विष्णुहरि कोइरालाका अनुसार धनगढीबाट दिपायल जाँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायल सिलगढी नगरपालिका-४​ मा शुक्रबार बिहान ५ बजेतिर दुर्घटना भएको हो। बसमा सवार सबै यात्रु घाइते भएका हुन्।

घाइतेहरूको उद्धार गरी उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल लगिएको एसपी कोइरालाले जानकारी दिए। दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ।

 

  • ३२ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech