११ मंसिर २०८१, मंगलवार

बागेश्वरी क्याम्पस कोहलपुरमा ५३ पिन्ट रगत संकलन
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखि क्याम्पसमा ५३ पिन्ट रगत संकलन गरिएको छ । स्वतन्त्र बिद्यार्थी युनियन बागेश्वरी बहुमुखी क्याम्पसको आयोजना र क्याम्पस प्रसासनको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।सुरक्षित रगत सवैका लागि भन्ने मुल नाराका साथ आयोजित रक्त संकलन कार्यक्रममा विद्यार्थी प्राध्यापकहरुको उत्साहजनक सहभागितामा ५३ पिन्ट रगत संकलन भएको क्याम्पस प्रमुख दान वहादुर हमालले न्युज मानसरोवरलाई वताए ।

बाँके जिल्लामै रगत अभाव भईरहेको अवस्थामा रगतको अभाबले बिरामीहरूले अकालमा ज्यान गुमाउन नपरोस भन्ने पवित्र मनकासाथ खुला ह्दयले रक्तदान कार्यक्रम सम्पन्न भएको स्ववियु अध्यक्ष देवेन्द्र बुढाले वताए ।  बुढाका अनुसार व्लड बैंकहरुमा रगतको अभाव भई अपरेशन गर्नुपर्ने तथा रगत चढाउनुपर्ने बिमारीहरुलाई हदैसम्मको समस्या पर्न गएको वर्तमान अवस्थामा वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको समन्वय तथा स्वतन्त्र विद्यार्थी यूनियनको आयोजनामा रगत दान गरिएको हो ।

नेपाल रेडक्रस कोहलपुरको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । नेपालगन्ज, खजुरा र कोहलपुर गरी बाँकेमा दैनिक कम्तीमा ७० देखि १ सय १० पिन्ट रगत माग हुने गरेको छ । बाँकेको रक्तसञ्चार केन्द्रमा रगत अभाव छ,  तीन हजार पिन्ट बढी रगत स्टक गर्न सक्ने क्षमता विस्तार गरिए पनि त्यस अनुसार रक्तदान नहुँदा आपूर्तिमा समस्या भएको सम्बन्धित सरोकारवालाहरुको भनाई रहेको छ ।

  • ३२ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech