११ मंसिर २०८१, मंगलवार

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

काठमाडौं : कोशी र मधेश प्रदेशका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मधेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही तथा कर्णालीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

  • ७ भाद्र २०८१, शुक्रबार प्रकाशित

  • Nabintech