११ मंसिर २०८१, मंगलवार

भारत समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा, नेपालले फाइनलमा पुग्न भुटानसँग खेल्ने
  • न्युज मानसराेवर

काठमाण्डाै : माल्दिभ्सलाई हराउँदै भारत २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । ललितपुरको सातदोबाटमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा भारतले माल्दिभ्सलाई १–० गोलले हरायो । भारतका लागि इन्ज्युरी समयमा किप्गेनले गोल गरे । माल्दिभ्स भने दुवैमा खेलमा पराजित हुँदै बाहिरिएको छ । यो समूहबाट भुटान उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ ।

योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि नेपाल समूह ‘ए’ को विजेता बन्दै र बङ्गलादेश उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेका छन् । अब सेमिफाइनलमा नेपालले भुटानसँग र भारतले बङ्गलादेशसँग खेल्नेछन् ।

  • ७ भाद्र २०८१, शुक्रबार प्रकाशित

  • Nabintech