११ मंसिर २०८१, मंगलवार

अनेमसंघको तिज बिशेश कार्यक्रम कोहलपुरमा सम्पन्न
  • न्युज मानसराेवर

कोहलपुर, बाँके:अखिल नेपाल महिला संघ कोहलपुर नगर कमिटीले महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा भव्य दर खाने कार्यक्रम सम्पन्न  गरेको छ।

कोहलपुर नगरपालिकाको १५ वडाबाट उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रममा अखिल नेपाल महिला संघ कोहलपुर नगर कमिटीले महिलाहरुको महानपर्व हरितालिका तीजको अबसरमा भब्य दर खाने कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमका अध्यक्ष उर्मिला पाण्डेको अध्यक्षतामा,  आजको कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एमाले) की केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज शान्ती ढकालले पानसमा बत्ती बालेर औपचारिक रूपमा कार्यक्रमको  उद्घाटन गरिन्। उद्घाटन समारोहमा प्रमुख अतिथि शान्ती ढकालले तीज पर्वको परम्परागत महत्त्वलाई आधुनिक समाजसँग जोड्न सफल भएको भन्दै, “यो कार्यक्रमले महिला दिदीबहिनीहरूलाई नजिक ल्याउनुका साथै उनीहरूलाई समाजमा सशक्त भूमिका निर्वाह गर्न प्रेरित गरेको छ,” भनिन्। यस दर खाने कार्यक्रमले तीजको सांस्कृतिक पक्षलाई उजागर गर्नुका साथै महिला सशक्तीकरण र सामूहिक एकताको भावना प्रवर्द्धन गर्यो। प्रमुख अतिथि  ढकालले आफ्नो मन्तव्यमा महिलाहरूको संगठित आवाज र नेतृत्व क्षमतालाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याउँदै भनिन्, “महिला दिदीबहिनीहरूको सहभागिता बिना कुनै पनि समाज पूर्ण हुन सक्दैन।”

कार्यक्रममा विशिष्ट अतिथिहरूको रूपमा  केन्द्रीय लेखा आयोगका सदस्य बिजया धिताल, नेकपा (एमाले) बाँके जिल्ला अध्यक्ष निरक गुरुङ, नेकपा (एमाले) लुम्बिनी प्रदेश सदस्य एक माया विक, नेकपा (एमाले) जिल्ला कमिटी सचिव बलराम भट्टराई लगायतका नेताहरूले पनि आ-आफ्ना विचार राखे।

कार्यक्रममा सहभागी महिलाहरूले तीजका गीतमा नाचगान गरेर मनोरञ्जन गरे। अन्त्यमा सबै सहभागी महिलाहरूलाई परम्परागत खानाका परिकारहरू वितरण गरियो। यस कार्यक्रमले कोहलपुर नगरपालिकाका महिलाहरूलाई एकताबद्ध गर्दै समाजमा उनीहरूको भूमिकालाई अझ सशक्त बनाउन योगदान पुर्याएको विश्वास लिइएको छ।

अखिल नेपाल महिला संघ कोहलपुर नगर कमिटीकी अध्यक्ष उर्मिला पाण्डेले समापन सत्रमा बोल्दै, “महिलाहरूको हक अधिकार सुनिश्चित गर्न, सशक्त बनाउन, र समाजमा थप योगदान दिन प्रेरित गर्न हामीले निरन्तर यस्ता कार्यक्रमहरू आयोजना गर्न आवश्यक छ,” भनिन्। उनले आगामी दिनमा अझ ठूला र व्यापक सहभागिता हुने कार्यक्रमहरूको आयोजना गर्ने योजना प्रस्तुत गरिन्।

यसै अवसरमा, उनले कोहलपुर-३ मदनचोकमा      एक आमाले बच्चा जन्मिएको दिनमै स्वर्गारोहण भएको छ स्वर्गारोहण आमा मनिसरा बिक  र ब जेलमा रहेको बच्चाको बुवा सिताराम बिक का ३ महिनाको बालकलाई दुधको निमति आर्थिक रु १२००, सङ्कलन भएको  घटनालाई उजागर गर्दै, उक्त दुधे बालकको उद्धारको निम्ति सहभागी सबै महिलादिदीबहिनीहरूले सहयोग चन्दा संकलन गरेको जानकारी गराइन्। कार्यक्रमको समापनमा, पाण्डेले सम्पूर्ण उपस्थित अतिथि लगायत सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरिन्।

सहभागीहरूले तीज पर्वको सांस्कृतिक महत्त्वको संरक्षण गर्नुका साथै महिला सशक्तीकरण र सामाजिक एकताको सन्देश प्रवाह भएकोमा खुसी व्यक्त गरे।

  • १३ भाद्र २०८१, बिहीबार प्रकाशित

  • Nabintech