१० मंसिर २०८१, सोमबार

होटल व्यवसायी संघ कोहलपुर: अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन हुने
  • न्युज मानसराेवर

कोहलपुर:होटल व्यवसायी संघ कोहलपुरको आगामी कार्यकालका लागि अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन हुने भएको छ । उल्लेखित पदमा आवश्यकता भन्दा बढी उम्मेदवारी परेपछि आगामी भदौ २९ गते मतदानको समय तोकिएको प्रमुख निर्वाचन अधिकृत विकास आचार्यले जानकारी दिए ।

निर्वाचन अधिकृत आचार्यले अध्यक्ष र कोषाध्यक्ष पदमा उम्मेदवारी फिर्ता लिई सर्वसम्मत नभएमा मतदान गराइने जानकारी दिंदै अन्य पदमा सर्वसम्मत भएको बताए । निर्वाचन समितिका अनुसार, अध्यक्ष पदमा कृष्ण बहादुर रानाभाट र लक्ष्मण थापा मगरको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदमा शरद कुमार रेग्मी र नरेश जंग अर्यालको उम्मेदवारी परेको छ । अन्य पदमा भने सर्वसम्मत भएको छ ।

  • १६ भाद्र २०८१, आईतवार प्रकाशित

  • Nabintech