११ मंसिर २०८१, मंगलवार

प्रेस चौतारी बाँकेको नानापुरमा तिज मिलन कार्यक्रम
  • न्युज मानसराेवर

बाँके:प्रेस चौतारी बाँकेले बुधवार डुडुवा ५ स्थित नानापुरमा रहेको सिद्धीविनायक लायन्स पार्कमा महिलाहरुको महत्वपुर्ण पर्व हरितालिका तिज लक्षित तिज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सधै कोलाहलमा कलम चलाउने कलमजिवीहरुलाई केहि क्षण भएपनि शहर भन्दा अलि पर रिफ्रेसमेन्ट गर्ने तरिकाले आयोजना गरिएको तिज मिलन कार्यक्रममा बाँकेमा रहेका सबै आस्थाका संघ संघठनका नेता कार्यकर्ताहरुले उत्साहजनक सहभागिता जनाएका थिए ।

वनभोजको जस्तो झल्को दिने सहभोजको समेत आभास दिने तिज मिलन कार्यक्रममा महिला पत्रकारहरुले बिभिन्न तिज गितमा आफना प्रस्तुतिहरु पस्केका थिए भने पार्कमा विभिन्न तरिकाले आफना तस्विरहरु कैद गर्दै मनोरञ्जन लिएका थिए । तिजको दरको समेत ब्यबस्था गरिएको उक्त तिज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रेस चौतारीका पुर्व केन्द्रिय उपाध्यक्ष शिव डोटेल, पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष झलक गैरे, बरिष्ठ पत्रकार गोपि बुढा,अनुशासन आयोगका सदस्य विष्णु बेल्वासे, निर्वाचन आयोगका गोविन्द शर्मा, केन्द्रिय सदस्य एबं प्रदेश ईन्चार्ज रुद्र सुवेदी, केन्द्रिय सदस्य रुपनि जिएम, रुपा गहतराज, प्रदेश सदस्य सरला सुवेदी जिल्ला ईन्चाजहरु भेषराज वस्नेत, डिल प्रकास गौतम, सञ्चारिका समुहकी संस्थापक अछरी पोखरेल, चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, उपाध्यक्ष रेजिना मल्ल,विनोद भट्टराई सचिव कमल डाँगि, कोहलपुर नगर अध्यक्ष प्रमोद रिजाल लगाएत चौतारी संबद्ध नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

यसैगरि प्रेस युनियनका बाँके अध्यक्ष प्रिया स्मृती ढकाल, नेता नविन गिरी, प्रेस सेन्टरका प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले पत्रकार महासंघका कार्यवहाक अध्यक्ष संगिन शर्मा, उपाध्यक्ष करुणा शाह, सदस्य डिल्लि शाहि, प्रगतिशिल पत्रकार संघका जिल्ला अध्यक्ष तिलक गाउले, जनजाती पत्रकार संघका नेता भगतराम थारुका अलावा नेपालगञ्ज तथा बाँकेलाई कर्मथलो वनाई पत्रकारीता गर्ने अब्बल पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्राय जसो समाचारकालागि दौडधुप गर्ने पत्रकारहरुलाई मनोरञ्जनको पनि उत्तीकै आवश्यकता महशुस गरि तिजलाई अवसर पारेर प्रेस चौतारीले उक्त पत्रकार मिलन तथा शुभकामना आदान प्रदानको कार्यक्रमको आयोजना गरिएको प्रेस चौतारी बाँकेले जनाएको छ ।

  • २० भाद्र २०८१, बिहीबार प्रकाशित

  • Nabintech