१० मंसिर २०८१, सोमबार

रुकुमपश्चिममा बाढीले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु
  • न्युज मानसराेवर

रुकुमपश्चिम:रुकुमपश्चिममा बाढीले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका–६ र ७ नम्बर वडाको बीचमा पर्ने रम्बाखोलाले गएराति मोटरसाइकल बगाउँदा एक महिला र एक पुरुषाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार मृत्यु हुनेमा मुसिकोट नगरपालिका–४ बस्ने ५० वर्षीय सर्जन पुन र वडा नम्बर ६ बस्ने अन्दाजी ३३ वर्षीय निर्मला थापा छन्। गएराति परेको अविरल वर्षासँगै रम्बाखोलामा बाढी आएको थियो। उक्त बाढीले रा ६ प २९६१ नम्बरको मोटरसाइकलमा बगाउँदा पुन र थापाको मृत्यु भएको हो। उनीहरु साँखबाट कानेबाङतर्फ जाँदै थिए।

आइतबार बेलुका करिब ८ बजेको समयमा मुसिकोट नगरपालिकाकै साँख गाउँबाट कानियाँ गाउँतर्फ जाँदै गर्दा खोला तर्ने क्रममा मोटरसाइकलसहित उनीहरुलाई बाढीले बगाएको हो। घटनास्थलबाट करिब तीन सय मिटर तल महिला र करिब २० मिटर तल पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

पुरुषको शव मोटरसाइकलले च्यापिएको अवस्थामा र महिलाको शवको केही भाग पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिए। मृतक दुवैको शव पोष्टमाटको लागि जिल्ला अस्पताल रुकुमपश्चिममा लगिएको छ।

  • २४ भाद्र २०८१, सोमबार प्रकाशित

  • Nabintech