७ मंसिर २०८१, शुक्रबार

कोहलपुरमा दुई सहकारीमा चोरी, घटना शंकास्पद

सहकारीवाट ३ लाख ६५ हजार ९ सय पैंतिस रुपैया चोरी भएको अध्यक्षको दावि

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: गत बर्ष चोरी भएको एक बर्ष नपुग्दै कोहलपुर २ मा रहेका दई सहकारीमा सोमवार राती फेरी चोरी भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालिका वडा नं. २ मा रहेका वसन्त वचत तथा ऋण सहकारी संस्था र रझेना साना किसान सहकारी संस्थामा चोरी भएको हो ।

करिव ५ सय मिटरको फरकमा रहेका यी सहकारीमा एकै दिन चोरी भएको थियो । यस बर्ष पनि एकै विधि र प्रकृतीले दुईवटै सहकारीमा चोरी हुनुले घटनालाई प्रहरीले शंकास्पदरुपमा लिएको जनाएको छ । यी दुवै सहकारीमा गत बर्षको कार्तिकमा चोरी भएको कोहलपुर प्रहरीको रेर्कडमा समेत रहेको छ ।

झयालको ग्रिल निकालेर चोर भित्र पसि कम्प्युटरको हार्डडिस्क चोरी गरेको पाईएको छ भने रझेना साना किसान सहकारी संस्थाको क्यास भल्ट नै फोडेर ३ लाख बढि चोरी भएको प्रहरीले जनाएको छ ।

रझेना साना किसान सहकारी संस्थाका अध्यक्ष चन्द्रकला लामिछानेले आफनो सहकारीवाट ३ लाख ६५ हजार ९ सय पैंतिस रुपैया चोरी भएको दावि गरेकि छिन । एक बर्ष नवित्दै पल्केको चोरले वसन्त वचत तथा ऋण सहकारी संस्थामा कम्प्युटरको हार्डडिस्क नै चोरी गरिनाले थप शंका देखिएको स्थानियहरुले आशंका गरेका छन ।

  • २५ भाद्र २०८१, मंगलवार प्रकाशित

  • Nabintech