६ कार्तिक २०८१, मंगलवार

जनतालाई बेवकुफ वनाएको भन्दै अखिल क्रान्तिकारीद्धारा जीवन ज्योतीलाई १५ दिने चेतावनी ( भाग १)

अल्टिमेटमलाई वेवास्ता गर्दै अटेर गरेको खण्डमा आफै अखिल क्रान्तिकारी अग्रसर भई यस्ता क्रियाकलाप वन्द गर्ने

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: वालवालिका आसार्ने वसमा ईसाई धर्मको चिन्ह, स्कुलको हाताभित्र प्रिन्सिपलको कार्यकक्ष तथा प्रबेश गर्ने स्थानमा बडेमानको जिसिस क्राईष्टको फोटो, ठाउँ -ठाउँमा जिससका अनुयायीहरुको फोटो, विद्यालयसंगै बडेमानको गिर्जाघर र भजन मण्डलि विश्राम स्थल बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० रामनगरमा रहेको जीवन ज्योति स्कुलको मुख्य पहिचान भनेको यहि हो ।

शिक्षाको नाममा मन्द तरिकाले धर्मको विष रोपन गरिरहेको यस विद्यालयको क्रियाकलापका विरुद्ध वेला वेला सचेत नागरिकहरुले आवाज उठाउने गरेपनि अधिंकास कोहलपुरका ठुला वडाहरुका वाल वालिका यसै विद्यालयमा अध्यन गर्ने भएपछि स्थानिय सरकार देखि राजनैतिक दल समेत तै चुप मै चुपको अवस्थामा छन । यति सम्म कि केहि पत्रकार भन्नेहरु समेत सामाजिक सञ्जालमा जीवन ज्योती स्कुलका विरुद्ध कसैले नकारात्मक कुराको उठान गरेको खण्डमा अरिङरगाल वनेर खनिने गरेका छन ।

सित्तैमा पाए कालो चुक पनि १ माना खाने नेपालीहरु त्यसमा पनि बाँकेबासिहरु यस विद्यालय भित्रको विकृति विसंगतिका विरुद्ध बोल्न त परै जावस जि हजुरी गरेर विद्यालयले बार्षिक रुपमा विदेशवाट भित्र्याउने १८ करोड बढिको वजेटमा रयाल चुहाउने गरेको पाईएको छ ।
घोषित रुपमा गरिवहरुलाई अध्यन गराउने मुख्य लक्ष्य बोकेर खोलिएको जीवन ज्योतीले कोहलपुर र यस आसपास क्षेत्रका सरकारी, गैर सरकारी, जनप्रतिनिधि देखि करोडौंको सम्पत्ति भएका ब्यक्तिहरुका वालवालिकाहरुलाई विद्यालयमा अध्यापन गराएर आफनै सिद्धान्तका विरुद्ध आफै उभिएको छ ।

मासिक फि तिरेर पढाउछु भन्ने नेता, ठुलावडा र धनिहरुलाई विद्यालयका प्रिन्सिपल फादर भनिने जेमन जोम्सले बडो चलाखिपुर्वक तरिकाले आन्तरिकरुपमा मिलान गर्ने गरेको विद्यालयका पुर्व एक शिक्षकले आफनो नाम नवताउने शर्तमा न्युज मानसरोवरलाई वताएका छन । उनले केहि पत्रकारका सन्ततीहरु समेत ७५ प्रतिशत सम्म शुल्क छुटमा आफना वालवालिकाहरु उक्त विद्यालयमा अध्यापन गराएको समेत खुलासा भएको छ ।

विद्यालयमा शिक्षक छनौट गर्दा समेत तामझमका साथ विज्ञ राखेर, नगर शिक्षा एबं जनप्रतिनिधि राखेर छनौट गरेको नाटक गर्ने जीवन ज्योतीले झस्केलावाट शिक्षक राख्न छनौटमा परेका शिक्षकहरुलाई अत्यन्त पिडा, अपमान र असह्य हुनेगरि पेलान गर्दै विद्यालय छोडन बाध्य पार्ने गरेको कुरा वाहिरिएको छ । वाल वालिकाहरुले खाना खाँदा खाना नफाल्न उर्दि दिने कसैगरि फालिने अवस्था आएमा जवरजस्ति खुवाउने वमविट हुदा सम्म पनि कोचाएर खुवाउने गरेको दर्दनाक स्थिती आफुले आफनै आँखाले देखेको ती शिक्षकको दावि रहेको छ । यस विषयमा फादर भनिने जेमन जोम्सलाई कुरा राख्दा कुरै नसुन्ने बरु उल्टै काम गर्न नसक्ने स्थिती भए छाडेर जाने भन्दै थप प्रताडनमा पार्ने गरेको ती शिक्षकले आफनो विगत सम्झदै न्युज मानसरोवरसंगको कुराकानिकाक्रममा भने ।

यावत कुराहरुको नजिकवाट गहिरो अध्यन गरेको नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले यस्ता गलत ब्यबहार र आचरण सुधार गर्न भन्दै १५ दिने अल्टिमेटम दिएको छ । मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै अखिल क्रान्तिकारीले चेतावनीकासाथ उक्त १५ दिने अल्टिमेटम दिएको हो।

पछिल्लो समयमा जीवन ज्योती स्कुलले राज्यको निती नियम र कानुनलाई गम्भिर उल्लंघन गरी अवैध क्रियाकलापमा संलग्न भएको यथेष्ठ प्रमाणहरु भेटीएको संगठनको विज्ञप्तीमा भनिएको छ, विद्यालय भित्र धर्मको प्रचार प्रसार, छात्रवृत्ती वितरणमा गम्भिर अपारदर्शीता, विद्यालय हाताभित्र चर्चको निर्माण आदि कुराले विद्यार्थीहरुमा ज्ञानआर्जन गर्ने भन्दा धर्मको प्रचार गर्न खोलीएको स्कुल हो भन्ने पुष्टि भए‌को क्रान्तिकारीले दावि गरेको छ ।

अखिल क्रान्तिकारीले विद्यालयले धार्मीक प्रचार प्रसारका सम्पूर्ण तस्विर एवंम अन्य रंगरोगन हटाइ संथागत विद्यालय मापदण्ड निर्देशिकालाई कार्यनयन गर्न अपिल गरेको छ। १५ दिनभित्र आफुहरुका माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने क्रान्तिकारीका जिल्ला अध्यक्ष सुनिल बटालाले जानकारी दिएका छ्न ।

मंगलवार अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुनिल वटाला र सचिव लक्ष्मण मानवद्धारा हस्ताक्षरित विज्ञप्तिमा गैर मानविय,असामाजिक एबं गैर न्यायीक क्रियाकलापको घोर विरोध एबं भत्र्सना गर्दछौं भन्दै समाजलाई खण्डित र खलल पुरयाउने यस्ता धार्मिक गतिविधिहरु, फोटा पोष्टर र प्रिन्टहरु तुरुन्त हटाउन समेत चेतावनी दिएको छ । विज्ञप्तिमा स्थानिय निकाय र निमायक निकायले समेत अनुगमण गरि संस्थागत विद्यालयहरुको मापदण्डभित्र रहेर क्रियाकलाप गर्नेगरि निर्देशन दिन अपिल गरेको छ ।

अखिल क्रान्तिकारीले आफुहरुले दिएको अल्टिमेटमलाई वेवास्ता गर्दै अटेर गरेको खण्डमा आफै अग्रसर भई यस्ता क्रियाकलाप वन्द गर्ने र सो वेला उत्पन्न हुने परिस्थितीको जिम्मेवार सम्वन्धित निकाय नै हुनुपर्ने उल्लेख गरेको छ ।

 

  • २६ भाद्र २०८१, बुधबार प्रकाशित

  • Nabintech