७ मंसिर २०८१, शुक्रबार

लुम्विनीका मुख्यमन्त्रि आचार्यले दिए राउटेलाई दशैं खर्च
  • न्युज मानसराेवर

देउखुरी: शिरमा ढाकाटोपी, खुट्टामा प्लास्टिकको चप्पल । पिठ्यूमा भारी, उमेरले ६० बर्ष पुग्नु भएका राउटे दिलबहादुर शाही लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी पुगेर दशैं खर्च माग गरे।

दशैं खर्च माग्न आएका शाहीले मुख्यमन्त्रीलाई हातले बनाएको काठको कोसेली उपहार दिन भ्याए । सुर्खेतमा बस्दै आएका शाही मुख्यमन्त्रीलाई भेट्न बुधवार मुख्यमन्त्रिको कार्यालय आईपुगेका हुन ।

शाहीले भने, ‘यो काठको कोेसेली हो । हातैले बनाइएको छ । यस्तो कोसेली बनाउन थालेको धेरै भइसक्यो । मुख्यमन्त्रीज्यू दशैं त आउन लाग्यो । खर्च चाहियो ।’ दशैं खर्च माग्न यसपाली शाही एक्लै लुम्बिनी प्रदेश कार्यालयसम्म आइपुगेका हुन । गाडी चढ्न डराएर साथीहरु आउन नसकेको उनले प्रष्ट पार्दै भने ।’

राउटे समुदायका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिँदैआएको छ । मासिक चार हजार रुपियाँ भत्ता बुझ्दै आएका छन् । राउटे समुदाय हरेक बर्ष दशैं खर्चका लागि प्रदेश सरकारमा धाउँदै आएका छन् । मुख्यमन्त्री आचार्यले राम्रोसँग दशैं मनाउन दिलहादुरमार्फत राउटे समुदायलाई सन्देश समेत पठाएका छन । मुख्यमन्त्री आचार्यले आपसमा मिलेर बस्न आग्रह गर्दै नगद १० हजार दिएर दिल वहादुरलाई विदाई गरेका छन ।

  • २ आश्विन २०८१, बुधबार प्रकाशित

  • Nabintech