३ आश्विन २०८१, बिहीबार

राप्तिसोनारी दुर्घटनामा परि मृत्यु हुनेको संख्या ३ पुग्यो, २ गम्भिर घाईते

लालपुरमा चोकमा भे १ प ३९९५ र भे १२ ४८२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए

  • न्युज मानसराेवर

राप्तीसोनारी,बाँके: बाँकेको राप्तीसोनारीमा दुइटा मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा थप एक जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या तीन पुगेको छ । घटना लगत्तै दुइ जनाको मृत्यु भएको थियो भने एक जनाको उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार अपराह्न साढे ४ बजे राप्तीसोनारी गाउँपालिकाको – ४ स्थित हुलाकी सडक खण्ड अन्तर्गत लालपुरमा चोकमा भे १ प ३९९५ र भे १२ ४८२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका – ४ का ३७ वर्षीय रामशरण थारु र राप्ती सोनारी – ३ का १९ वर्षीय बसन्त थारु रहेका छन भने थप अन्य एक जना भे १२ प ३९९५ नम्बरको मोटरसाइकलको पछाडि सवार बर्दिया राजापुर – ४ घर भएर हाल राप्तीसोनारी – ४ धामपुरमा बस्दै आएका ३१ वर्षीय अजय दहित रहेका छन् । उनीहरूको उपचारका क्रममा नेपालगञ्जस्थित नर्सिङ होममा मृत्यु भएको हो । दुर्घटना परेका २ जना मोटरसाइकल चालक र एक जना पछाडि बस्ने रहेको बाँके प्रहरीले जनाएको छ ।

त्यस्त भे१२ प ४८२४ नम्बरको मोटरसाइकलमा सवार राप्तीसोनारी – ३ खैरेनीका १६ वर्षीय संगित थारु र राप्ती सोनारी – ३ खैरेनीका २१ वर्षीय संजय थारु पनि घाइते छन् । उनीहरुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भईरहेको छ ।

  • ३ आश्विन २०८१, बिहीबार प्रकाशित

  • Nabintech